नेप्से सामान्य अंकले घट्यो, कारोबार ६ अर्ब ४७ करोडमा सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार सामान्य अंकले घटेको छ। आज नेप्से ५.५४ अंकले घट्दै २६३५ विन्दुमा पुगेर बन्द भएको हो।

आजको कारोबारमा ३३३ कम्पनीका १ करोड २३ लाख ९ हजार ७४४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८०१ रुपैयाँ पुगेको छ। कारोबार भएका समूहहरूमध्ये विकास बैंक, होटल्स, उत्पादन र म्युचुअल फण्डबाहेक सबै क्षेत्रका सूचक घटेका छन्।

आज एसवाई प्यानल र श्रीनगर एग्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रसुवागढी हाइड्रोपावरको शेयर ८.५३ प्रतिशतले वृद्धि भएको छ। उता सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ४.२५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एसवाई प्यानलको ४२ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने राढ़ी जलविद्युतको ३१ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। समग्रमा बजार सामान्य करेक्सनको चरणमा देखिएको छ।