सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार काठमाडौंमा आयोजित संसद् सेवा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई बारम्बार प्रभावकारी ढंगले राष्ट्रिय सभा सञ्चालन गर्न सुझाव दिए पनि त्यसअनुसार कार्यान्वयन नभएको गुनासो गरे।
उनका अनुसार, प्रतिनिधिसभा नचल्ने अवस्थामा पनि राष्ट्रिय सभालाई सक्रिय बनाउने अवसर थियो, तर सरकारले आवश्यक पहल नगरेको छ। सभामुख घिमिरेले संसद्का कर्मचारीहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा काम गर्न सहयोग पुर्याउने कानुन तथा संरचना बनाउन संसद् एकेडेमी स्थापना आवश्यक रहेको पनि बताए।






प्रतिक्रिया