नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि गुण्डुमा निर्माण गर्न लागिएको ‘कुटी’ सम्बन्धी विषयलाई राजनीतिक व्यंग्यका रूपमा नउठाउन चेतावनी दिएका छन्। हालसालै आएको आलोचना र टिप्पणीलाई लक्षित गर्दै उनले ओलीको आवास निर्माण विषयलाई अनावश्यक रूपमा उछालिएको बताए।
उनका अनुसार ओलीका लागि बनाइने आवास दुई–तीन कोठाको अपेक्षा गर्नु अव्यावहारिक व्यंग्य मात्र हो। “अध्यक्षको आवास उहाँको जनसम्पर्क, पार्टीको प्रभाव र दायित्वअनुसार नै निर्माण हुन्छ,” बस्नेतले भने। उनले उक्त आवास सीमित समर्थक तथा शुभेच्छुकको सहयोगमा बन्ने भन्दै गुण्डु तथा भक्तपुरवासीको विशेष भूमिका रहने बताए।
बस्नेतले ‘कुटी’, ‘आश्रम’ वा अन्य नामकरणहरू केवल शब्द खेल मात्र भएको उल्लेख गरे। ओलीलाई बार्दली पुगेका भनेर व्यंग्य गर्नेहरूलाई खण्डन गर्दै उनले भने, “बार्दलीमै बसेर नेपालको राजनीति नियन्त्रण गर्ने क्षमता ओलीले देखाइसकेका छन्।” उनले अब ‘कुटी’मा गए भनेर व्यंग्य गर्नेहरूले पनि राष्ट्रियता, विकास र समृद्धितिर ओलीले कुटीबाटै नेतृत्व दिन सक्ने क्षमतालाई चाँडै बुझ्ने दाबी गरे।







प्रतिक्रिया