रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि आफ्नो पहिलो सार्वजनिक निष्कासन (आईपीओ) सुरु गर्ने भएको छ। कम्पनीले कुल ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्रीमा ल्याउने तयारी गरेको छ।
यसमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ। विदेशमा कार्यरत नेपालीहरूले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ। लगानीकर्ताले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, वा मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन र बिक्री व्यवस्थापनका लागि ग्लोबल आइएमई क्यापिटल नियुक्त गरिएको छ।









प्रतिक्रिया