आज सुन–चाँदीको मूल्यमा गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुक्रबारको तुलनामा आज आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ। चाँदी भने प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार हुने भएको छ।

यसअघि, शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार ४ सय रुपैयाँ पुगेको थियो भने चाँदी ३ हजार ५ सय ५५ रुपैयाँ निर्धारण गरिएको थियो। आजको दरअनुसार सुन तोलामा २ सय रुपैयाँ र चाँदी ५० रुपैयाँले सस्तो भएको छ।