खजुरीको ‘पफ’ स्वास्थ्यसम्बन्धी मापदण्ड नपुगेपछि तत्काल बजारबाट फिर्ता गर्न विभागको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ। विभागले नियमित बजार अनुगमनका क्रममा संकलित नमुनाको प्रयोगशाला परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’ तोकिएको मापदण्डभन्दा बढी भेटिएपछि यस्तो कदम उठाइएको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ। तर परीक्षणमा खजुरीका पफमा उक्त मात्रा अधिक देखिएकाले विभागले यसलाई ‘न्यूनस्तरको खाद्य पदार्थ’ घोषित गरेको जनाएको छ।

विभागले ललितपुर गोदावरी–१० मा रहेको उद्योगले उत्पादन गरेका ब्याच नम्बर B1-3A र B1-5A का पफहरू तत्काल बजारबाट उठाउन निर्देशन दिएको छ। साथै, ऐनको दफा ३८ (२) र (४) अनुसार यी उत्पादनको थप बिक्री–वितरण नगर्न तथा नगराउन विभागले उद्योगलाई लागेको छ।