रुकुम पश्चिममा जनार्दन शर्माविरुद्ध कालो झन्डा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा गृहजिल्ला रुकुम पश्चिम पुगेका बेला विरोधको सामना गर्नुपरेको छ। नेपाल एयरलाइन्सको जहाजमार्फत आज बिहान खलंगा विमानस्थल पुगेका पूर्व प्रतिनिधिसभा सदस्य शर्मालाई विमानस्थल बाहिर निस्कँदा केही युवाले सडक किनारमै उभिएर कालो झन्डा देखाउँदै विरोध जनाए।

विरोधका कारण सुरक्षाकर्मीको तैनाथी बढाइएपछि क्षेत्रलाई कडा निगरानीमा राखिएको थियो। अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थालाई थप कडा गरिएको स्थानीय प्रशासनले जनाएको छ।

शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीले आयोजना गरेको युवा भेला तथा पार्टीको नयाँ जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन रुकुम पश्चिम पुगेका हुन्।