प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सर्वपक्षीय बैठकमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टी पनि सहभागी हुने भएका छन्।
शुक्रबार अपरान्ह चार बजे हुने बैठकमा विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरू छलफलमा सहभागी हुनेछन्।
सुरुमा बैठकमा राष्ट्रिय दलको मान्यता प्राप्त पाँच दलमात्र निमन्त्रणा गरिएको थियो, तर पछि जसपा र जनमतलाई पनि सहभागी हुने गरी प्रधानमन्त्रीको सचिवालयले खबर गरेको हो।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनको वातावरण निर्माण गर्न सबै दलसँग छलफल गर्न लागेकी हुन्। बैठकमा निर्वाचन आयोगका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुख पनि सहभागी हुनेछन्।
तर, प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक भए तापनि नेकपा एमालेले निर्वाचन हुनेमा संशय व्यक्त गरिरहेको छ।







प्रतिक्रिया