मधेश प्रदेशमा नयाँ सरकार गठन आज– दलहरूले साँझ ५ बजेसम्म दाबी पेस गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आज साँझ ५ बजेसम्म दाबी पेस गर्न सक्नेछन्। प्रदेश प्रमुखले तोकेको समयसीमा नजिकिँदै जाँदा राजनीतिक दलहरू बिहानैदेखि आन्तरिक रणनीति मिलाउने कार्यमा व्यस्त छन्।

एमाले बाहेक सातदलीय गठबन्धनले साझा उम्मेदवार टुंग्याउने प्रयास जारी राखेका छन्। पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको राजीनामापछि सर्वोच्च अदालतले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो।

सर्वोच्चले यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिए पनि बहुमत जुटाउन नसक्ने देखिएपछि उनले पदबाट राजीनामा दिए। त्यसपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बहुमत साबित गर्न सक्ने प्रदेशसभा सदस्यहरूले दाबी पेस गर्न आह्वान गरेका छन्।

यससँगै मधेश प्रदेशमा फेरि राजनीतिक उतार–चढाव बढेको छ र नयाँ सत्ता–समिकरण कसरी बन्छ भन्नेमा सबैको नजर केन्द्रित छ।