मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान स्वास्थ्य समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।

अस्पताल स्रोतका अनुसार रामनारायण शाहको पिसाबमा भएको संक्रमण शरीरभर फैलिँदै जटिलता बढेपछि निधन भएको हो। सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन् र मेयर शाह तथा परिवारजनलाई भेटेर समवेदना व्यक्त गरेकी थिइन्।

उनी केही समयदेखि स्वास्थ्य समस्याबाट ग्रस्त रहेको बताइएको छ।