नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । महासङ्घका अनुसार चाँदी तोलामा १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया