वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सालपा विकास बैंकको आईपीओ खुला,

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सालपा विकास बैंकले प्राथमिक सेयर (आईपीओ) खुला गरेको छ। बैंकले पहिलो चरणमा विदेशमा श्रम इजाजत लिएर काम गरिरहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्कासन गर्न थालेको हो।

कुल ५२ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासन गर्न लागिएकोछ, जसमा ६७% संस्थापक३३% सर्वसाधारण समूहको हिस्सा रहनेछ।

सर्वसाधारण समूहका १७ लाख २३ हजार ८८० कित्ता मध्ये वैदेशिक रोजगारमा रहेकालाई १ लाख ७२ हजार ३८८ कित्ता छुट्याइएको छ।

श्रम स्वीकृति (Labor Permit) लिएर विदेश गएकाले यो आईपीओ भर्न सक्नेछन्।
सेयर छिटोमा मंसिर २९ गतेसम्म, र त्यतिबेला सम्म पूरा बिक्री नभए पुस १० गतेसम्म आवेदन दिन सकिनेछ।

न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ।
निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

कम्पनीको वित्तीय विवरण (असार मसान्तसम्म):

  • प्रतिसेयर आम्दानी (EPS): २.२४ रुपैयाँ
  • प्रतिसेयर नेटवर्थ: १०५ रुपैयाँ
  • जगेडा कोष: २ करोड ७० लाख रुपैयाँ
  • जारी पूँजी: ५२ करोड २३ लाख रुपैयाँ
  • क्रेडिट रेटिङ: इन्फोमेरिक्सबाट ‘B’ रेटिङ — मध्यम स्तरको दायित्व बहन क्षमताको संकेत
  • कर्पोरेट कार्यलय: दिक्तेल, खोटाङ
  • कम्पनीको समूह: विकास बैंक

अंकित मूल्य १०० रुपैयाँ कै दरले सेयर निष्कासन हुनेछ।