सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण शेयर निष्काशन गरेकोमा ६२ हजार ९६८ जनाले २१ लाख ८ हजार ८२० कित्ताका लागि आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन आएपछि गोलाप्रथा मार्फत बाँडफाँट गरिएको थियो। यस अनुसार १० कित्ताका लागि आवेदन दिने २० हजार ६५ जनाले १० कित्ताको शेयर प्राप्त गरेका छन् भने १० कित्ताभन्दा बढी आवेदन दिने ४२ हजार ८८२ मध्ये ३७ हजार ५३ जनाले २० कित्तासम्म शेयर पाएका छन्।






प्रतिक्रिया