सोमबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.९७ अंकले बढेर २६०१.२० विन्दु मा पुगेको छ। बजार खुल्नुअघि सञ्चालित यो सेसनमा कुल २ करोड ८ लाख ६५ हजार ६२३ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
सेसन अवधिभरमा ६२ कम्पनीका ४४ हजार ८६१ कित्ता सेयरहरूको खरिद–बिक्री सम्पन्न भएको छ।
करोबार गरिएको कम्पनीहरूको अवस्थामध्ये
- २४ कम्पनीको सेयर मूल्य बढ्यो
- ३० कम्पनीको मूल्य घट्यो
- ६ कम्पनीको मूल्य स्थिर रहेको एक्सचेन्जले जानकारी दिएको छ।
प्रि–ओपन सेसनको यो हल्का वृद्धि सोमबारको नियमित कारोबारमा बाजारको चाल कस्तो रहला भन्ने संकेतकका रूपमा हेरिएको छ।









प्रतिक्रिया