नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको नयाँ मूल्य सार्वजनिक गर्दै प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेको जनाएको छ। नयाँ मूल्यअनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ मा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ४४ हजार ६ सय रुपैयाँ थियो।
उता, चाँदीको भाउ पनि ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला ३,१३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३,११५ रुपैयाँ मा झरेको छ।
धातु बजारमा आइरहेको मूल्य घटबढ नयाँ आर्थिक परिवेश र अन्तर्राष्ट्रिय बजारको प्रभावसँग जोडिएको मानिन्छ।









प्रतिक्रिया