जेन–जी नेतृत्वका अगुवा मिराज ढुंगानाको राजनीतिक अभियान कार्यालयमा साँझ आक्रमण भएको छ। ढुंगानाले आफ्नो राजनीतिक गतिविधि सञ्चालनका लागि स्थापना गरेको उक्त कार्यालयमा गरिएको आक्रमणमा महिलासहित उनका साथीहरू पनि लक्ष्य बनेका छन्।
ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमार्फत घटना सार्वजनिक गर्दै लेखेका छन्, “साँझ हाम्रो अभियानको कार्यालयमाथि आक्रमण भएको छ। हाम्रा साथी र महिला साथीमाथि समेत हातपात भएको छ।” घटनापछिको अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले प्रश्न उठाएका छन्, “यो के गर्न खोजिएको हो?” घटनाको विस्तृत विवरण र आक्रमणकर्ताको पहिचानबारे सुरक्षा निकायले भने आधिकारिक जानकारी दिएको छैन।






प्रतिक्रिया