इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु.

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रफाह । गाजामा इजरायलले गरेको नयाँ हवाई आक्रमणमा कम्तीमा २५ जना प्यालेस्टिनी मारिएको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। उद्धारकर्मीका अनुसार गाजा सहरको जेतून क्षेत्रमा एउटा भवन लक्षित आक्रमणमा एक महिला र एक बच्चासहित १० जनाको मृत्यु भएको छ।

इजरायली सेनाले आफूले हमासका “आतङ्कवादी संरचना” भएको ठाउँमा प्रहार गरेको दाबी गरेको छ। साथै, दक्षिणी गाजाको खान युनिसमा आफ्ना सेनासमक्ष बन्दुकधारीहरूले गोली प्रहार गरेको र यस घटनालाई पाँच हप्ता पुरानो युद्धविराम सम्झौतको उल्लङ्घनका रूपमा व्याख्या गरेको छ।

हमासले भने यसबारे अझै कुनै प्रतिक्रिया दिएको छैन।
गाजामा हमासको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमूद बसालका अनुसार बुधबार साँझ गाजा सहर र खान युनिसका धेरै स्थानहरूमा तीव्र हवाई आक्रमण भएको छ।

उनले बीबीसीसँग कुरा गर्दै, “धेरै दिनको शान्तिपछि आक्रमणहरू फेरि द्रुत गतिमा बढेका छन्,” बताएका छन्।