स्थानीय बजारमा बुधबार सुनको मूल्यमा ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला दुई हजार ८ सय रूपैयाँले बढेर २ लाख ४२ हजार ३ सय रूपैयाँ पुगेको हो। मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रूपैयाँ मा कारोबार भएको थियो। लगातार बढ्दै आएको सुनको मूल्य आज फेरि नयाँ उच्च स्तरमा पुगेको व्यवसायीहरूले बताएका छन्।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ३ हजार ९० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ६० रूपैयाँले वृद्धि भई ३ हजार १५० रूपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको दर उच्च स्तरमा कारोबार भइरहेका छन्। विश्व बजारमा आज सुन प्रतिऔंस ४ हजार ७९ अमेरिकी डलर मा कारोबार भइरहेको आर्थिक विश्लेषकहरूले जनाएका छन्। स्थानीय बजारमा सुन–चाँदीको मूल्य निरन्तर बढ्न थालेपछि लगानीकर्ता र गहनाव्यवसायी दुबै सतर्क बनेका छन्।








प्रतिक्रिया