नेपालको कन्सर्टमा भारतीय झण्डा फहराएपछि पाकिस्तानी गायक तल्हा अंजुम विवादमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालमा भएको एक संगीत कार्यक्रममा पाकिस्तानी र्‍यापर तल्हा अंजुमले भारतीय त्रिरङ्गा फहराएको भिडियो भाइरल बनेपछि उनले आफ्नै देशमा ठूलो आलोचना खेपिरहेका छन्। कन्सर्टका क्लिपहरू सोसल मिडियामा फैलिँदै गएपछि यो विषय पाकिस्तानमा राष्ट्रिय बहसजस्तै बनेको छ।

भिडियोजमा अंजुमले भारतीय झण्डा हातमा लिएर स्टेजमा प्रदर्शन गरिरहेको देखिन्छ। यसलाई लिएर पाकिस्तानी प्रयोगकर्ताले तीव्र विरोध जनाउँदै कलाकारको “देशप्रतिको संवेदनशीलता” प्रश्न गरेका छन्।

आफ्नो बचाउ गर्दै अंजुमले भने, “मेरो कलाको कुनै सिमाना छैन, मेरो मनमा कसैप्रति घृणा छैन।” उनले संगीत सीमाभन्दा पर जाने अभिव्यक्ति भएको र यसको गलत अर्थ निकालिएको মন্তব্য गरे।

यसअघि पनि भारत–पाकिस्तानबीचको सम्बन्धका कारण कलाकारहरू आलोचित हुँदै आएका छन्। पाकिस्तानी अभिनेत्री हानिया आमिर अभिनित ‘सरदार जी ३’ भारतमा रिलिज रोकिएको थियो।
यस्तै, मे महिनामा जम्मू–कश्मीरको पहलगाममा भएको हमलापछि दुई देशबीच चार दिन सैन्य तनाव चर्किँदा कलाकार, खेलाडी र पत्रकारहरूका सोसल मिडिया अकाउन्टहरू भारतमा ब्लक गरिएका थिए। त्यसै क्रममा तल्हा अंजुम र उनका साथी तल्हा यूनुसको अकाउन्टमाथि पनि प्रतिबन्ध लगाइएको खबर आएको थियो।

नेपालको कन्सर्टमा झण्डा फहराएको दृश्य बाहिर आएपछि अब अंजुम फेरि एकपटक चर्चाको केन्द्रमा छन्।