एनपिएल: चितवन राइनोज र कर्णाली याक्सबीच आज भिडन्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुँदैछन्। टस जितेको चितवनले पहिले बलिङ गर्ने निर्णय गरेको छ।

यो लिगको दोस्रो खेल हो । दुवै टोली जितसहित प्रतियोगिता सुरु गर्ने लक्ष्यमा छन्।
चितवन यसपटक पनि कुशल मल्लको कप्तानीमा खेलेको छ। टोलीले सोहेल तनबिर र रवि बोपरालाई निरन्तरता दिएको छ।

कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ। कर्णालीसँग राष्ट्रिय टिमका ३ पेस बलरको साथ छ, जबकि ब्याटिङतर्फ विदेशी खेलाडीप्रतिको भर देखिएको छ।

हिजो सम्पन्न उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै उत्कृष्ट सुरुआत गरेको थियो।

आजै लिगको दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स पनि भिड्नेछन्।