मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर रिटमाथि सुनुवाइ सोमबार (मंसिर १) का लागि सरेको छ। वरिष्ठ अधिवक्ता शेरबहादुर केसीका अनुसार आइतबार हुने भनिएको सुनुवाइमा अर्को मिसिल पनि समावेश गर्नुपर्ने भएकाले मिति सारिएको हो। सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा हुने व्यवस्था गरिएको छ।
मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले गत मंगलबार मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
यसअघि सर्वोच्च अदालतले रिटदर्ता रिकी यादवको आग्रहमा मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पनि यस आदेशलाई पुष्टि गर्दै रिट दर्ता भएको समयमा मुख्यमन्त्री यादवलाई नीतिगत निर्णय नगर्न निर्देशन दिएको थियो।







प्रतिक्रिया