रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियार पार्टी त्याग्दै नयाँ अभियानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्। नागरिकसँगको कुराकानीमा उनले नयाँ राजनीतिक अभियान सुरु गर्ने उद्देश्यले पार्टी परित्याग गरेको पुष्टि गरेका हुन्।

रास्वपाका तत्कालिन प्रमुख सचेतकसमेत रहेका परियार **माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’**मा सहभागी हुने बताइएको छ।

रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिइसकेकी छन्। त्यस्तै तोसिम्का कार्कीलगायत केही नेताहरू पनि पार्टी छोड्ने तयारीमा रहेको चर्चा भए पनि उनीहरूले यसबारे औपचारिक रूपमा केही बताएका छैनन्।