काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदभार सम्हाले लगत्तै प्रहरी कर्मचारीका लागि राहतपूर्ण निर्णय गरेका छन्। उनले **वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)**सम्मका प्रहरीका लागि सहुलियत कर्जा बढाउने निर्णय गरेका हुन्।
आईजीपीको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै उनले यो निर्णय कार्यान्वयनमा ल्याएका हुन्। उक्त निर्णय **पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी)**बाट पनि पारित भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबी नारायण काफ्लेले जानकारी दिए।
निर्णयअनुसार आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालीन कर्जा दिइनेछ। यसका लागि १० करोड रुपैयाँको कोष छुट्याउने तयारी गरिएको छ।
शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा परेका प्रहरीलाई कार्यविधि बनाएर यो कर्जा उपलब्ध गराइनेछ। अहिले यस्तो कर्जा पाँच प्रतिशत ब्याजदरमा दिइँदै आएको छ, जसलाई एक वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था छ।
यस निर्णयलाई प्रहरी संगठनभित्र मनोबल बढाउने कदमको रूपमा हेरिएको छ।







प्रतिक्रिया