निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हालै सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण तथा काठमाडौं उपत्यका छाड्न रोक लगाइएको छ। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले बुधबार विज्ञप्ति जारी गर्दै खापुङमाथि यस्तो प्रतिबन्ध लगाएको जानकारी दिएको हो।

आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी सूचनामा उल्लेख छ,
“सेवा निवृत्त भएकाले खापुङलाई छानबिनका क्रममा कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुनाले आजैदेखि लागु हुनेगरी उनको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरिएको छ।”

आयोगले खापुङलाई यो निर्णयबारे औपचारिक रूपमा जानकारी गराउने तयारी गरेको समेत जनाएको छ। खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी कात्तिक २६ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएका थिए।