काठमाडौं । ‘द काउन्सिल अफ जेन–जी’का संयोजक सुदन गुरुङले जेन–जी आन्दोलनका तीन अलग समूहलाई बुधबार काठमाडौंको वसन्तपुरमा संयुक्त छलफलका लागि बोलाएका छन्।
बैठकमा जेन–जी मुभमेन्ट अलायन्स, जेन–जी फ्रन्ट, र द काउन्सिल अफ जेन–जीका नेताहरू सहभागी हुनेछन्। फागुनमा हुने भनिएको निर्वाचन नजिकिँदै गर्दा जेन–जीहरूले अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने तयारी गरेका हुन्।
छलफलमा जेन–जीहरू अलग–अलग दल दर्ता गर्ने कि एउटै प्लेटफर्ममा एकीकृत रूपमा जाने भन्ने विषय प्रमुख एजेन्डा रहनेछ। संयोजक गुरुङले नयाँ राजनीतिक दल दर्ता गराउने तयारी गर्दै अन्य समूहहरूलाई पनि त्यसमा समाहित हुन आग्रह गर्ने अपेक्षा गरिएको छ।
मंगलबार साँझ यी समूहबीच प्रारम्भिक छलफल भएको थियो, र आजको बैठकलाई त्यसको निरन्तरता मानिएको छ। बैठक साँझ ६ बजे वसन्तपुरमा सुरु हुने बताइएको छ।









प्रतिक्रिया