एमबीबीएस प्रवेश परीक्षा: ८ हजार बढी परीक्षार्थी उत्तीर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिकित्सा शिक्षाको एमबीबीएस एकीकृत प्रवेश परीक्षामा ८ हजार ७ सय ७२ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।

चिकित्सा शिक्षा आयोगले सोमवार सार्वजनिक गरेको नतिजाअनुसार, यस वर्ष स्नातक तह एमबीबीएस प्रवेश परीक्षामा उत्तीर्ण परीक्षार्थीको संख्या यसरी बढेको हो।

आयोगले शैक्षिक सत्र २०८२/०८३ का लागि १५ कात्तिकमा परीक्षा सञ्चालन गरेको थियो। प्रारम्भमा भदौमा तय भएको इन्ट्रान्स परीक्षा भने जेन–जी आन्दोलनका कारण कात्तिकमा सारिएको थियो।