बालगायक अशोक दर्जीको ‘मनबिनको धन’ दर्शकको मन जित्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — बालगायक अशोक दर्जी अभिनित फिल्म ‘मनबिनको धन’ प्रदर्शन भएको केही दिनमै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदैछ। निर्देशक टंक बुढाथोकीका अनुसार, फिल्म प्रदर्शनको पाँचौ दिनसम्म पनि हलहरूमा दर्शकको भीड बढिरहेको छ। हल भिजिटमा पुगेका दर्शकले दर्जीलाई अँगालो हालेर रोएका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। फिल्मले केवल दर्जीको जीवन कथालाई मात्र होइन, साथमा नीता ढुंगाना र रमेश विश्वकर्माको अभिनयलाई पनि प्रशंसा प्राप्त गरेको छ।

नेपालगञ्जको सिने रोयल हलमा मंगलबार ७ शो राखिए पनि क्यूएफएक्स बागेश्वरीमा २ शोको बलियो अकुपेन्सी देखिएको छ। राजधानीसँगै पूर्वका शहरहरू इटहरी, बिर्तामोड, दमक, विराटनगर, चितवन, पोखरा र दाङमा पनि दर्शकको उल्लेख्य भीड छ। पहिलो दिन ९५ शो पाएको फिल्मले अहिले सवा सयको हाराहारीमा शो पाइसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ।