सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा ११४ जनाको मृत्यु भएको छ। यस घटनामा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन्।
राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय स्वास्थ्य सेवा अपर्याप्त हुँदा गम्भीर घाइतेहरूलाई अन्य अस्पतालमा सार्नुपरेको र यसकारण मृत्यु सङ्ख्या अझ बढ्न सक्ने सम्भावना रहेको बताइएको छ।
सुडानी अधिकारीहरूले विपक्षी सशस्त्र समूह अब्दुलअजिज अल–हिलु नेतृत्वको समूहले द्रुत सहयोग बलसँग मिलेर नागरिक बस्तीमा लक्षित आक्रमण गरेको आरोप लगाएका छन्। तर दुबै पक्षले घटनाबारे टिप्पणी गरेका छैनन्।
प्रारम्भिक रूपमा स्वयंसेवी समूहहरूले ९ जनाको मृत्यु र ७ जना घाइते भएको जानकारी दिएका थिए। त्यसपछि राज्य सरकारले अद्यावधिक गर्दै मृतक सङ्ख्या ७९ पुगेको जनाएको थियो।
सन् २०२३ अप्रिलदेखि जारी युद्धले दशौँ हजारको ज्यान लिएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका निकायहरूले पछिल्ला दिनमा कोर्डोफान क्षेत्रमा हिंसा बढ्दै गएको र नागरिक कष्ट गहिरिँदो चेतावनी दिएका छन्।







प्रतिक्रिया