अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिफाले आफ्नो शान्ति पुरस्कार प्रदान गरेको छ। फिफा विश्वकप २०२६ समूह चरणको खेल तालिका सार्वजनिक गर्ने समारोहका क्रममा उनलाई यो पुरस्कार प्रदान गरिएको हो।
ट्रम्प फिफाको शान्ति पुरस्कारका लागि पहिलेबाटै बलियो दाबेदार मानिँदै आएका थिए। अन्तर्राष्ट्रिय समाचार एजेन्सी पीटीआईका अनुसार राष्ट्रपति ट्रम्प र फिफाका अध्यक्ष जियानी इन्फेन्टिनोबीच घनिष्ठ सम्बन्ध रहेको बताइन्छ।
इन्फेन्टिनोले यसअघि नै गाजा क्षेत्रमा युद्धविरामको प्रयासका लागि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार मिल्नुपर्ने सुझाव दिएका थिए।
राष्ट्रपति ट्रम्पले पनि विगतदेखि नै नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने इच्छा व्यक्त गर्दै आएका छन्। विभिन्न युद्ध रोक्न आफूले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै उनले बारम्बार यस्तो मान्यता पाउनुपर्ने बताएका छन्।







प्रतिक्रिया