बिहीबारदेखि भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको ‘दोहोरो नीति’मा प्रश्न उठाएका छन्। दिल्लीमा बुधबार बेलुका अवतरण गर्दै पुटिनले भने कि अमेरिकाले रुसबाट इन्धन किन्न पाउँछ भने भारतलाई पनि त्यही अधिकार हुनु पर्छ।
इन्डिया टुडेसँगको कुराकानीमा पुटिनले भने, “यदि अमेरिकालाई रुसबाट आणविक रिएक्टर इन्धन खरिद गर्ने अधिकार छ भने भारतलाई पनि रुसबाट ऊर्जा आयात गर्न अधिकार हुनु पर्छ।”
उनी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यस विषयमा छलफल गर्न तयार रहेको समेत बताएका छन्। पुटिनले थपे, “यस सवालको विस्तृत अनुसन्धान आवश्यक छ र हामी राष्ट्रपति ट्रम्पसँग छलफल गर्न तयार छौँ।”
अमेरिकाले रुसबाट तेल खरिद गरेको भन्दै भारतविरुद्ध २५ प्रतिशत पारस्परिक करसहित थप २५ प्रतिशत कर लगाएको बताइएको छ।
पुटिनको दुईदिने भारत भ्रमणका क्रममा उनी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।







प्रतिक्रिया