एकैदिनमा सुन १६०० रुपैयाँले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ६०० रुपैयाँले वृद्धि भई २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबारसम्म प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा व्यापार भइरहेको सुन आज पुनः उच्च मूल्यमा पुगेको हो।

यसैगरी, चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेर ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य ३ हजार ३४५ रुपैयाँ थियो।

लगातारको मूल्य वृद्धिले बजारमा सुनचाँदी किनबेचमा चहलपहल बढेको देखिएको छ।