प्रधानमन्त्री सुशीला कार्कीको आग्रह– ‘सबै दल जिम्मेवार बनौँ, समयमै चुनाव गरौँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई समयमै र जिम्मेवारीपूर्वक निर्वाचन प्रक्रियामा सहभागिताका लागि आग्रह गरेकी छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित सर्वदलीय बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। निष्पक्ष निर्वाचनमार्फत बिनापैसा, न्यूनतम खर्चमा, उम्मेदवार चयन हुन सकोस् भन्दै उनले आफ्नो सरकार निर्वाचन गराउनकै निम्ति आएको पनि बताइन्।

‘हामी चाहन्छौं यो देश नयाँ पुस्ताको हातमा जाओस्। केही भिजन भएको मान्छेले सम्हालिदेओस्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेकी छु। म चुनाव लड्दिनँ। चुनाव लड्न आएको पनि होइन।’ निर्वाचन आयोगले ६० प्रतिशत तयारी पूरा भइसकेको जानकारी गराएको भन्दै प्रधानमन्त्री कार्कीले आफूहरू चुनाव हुन्छ भन्नेमा ढुक्क रहेको बताइन्।