सामान्य घट्यो नेप्से, चार अर्ब मुनिको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँच दिनपछि मंगलबार चार अर्ब माथि पुगेको सेयर बजार कारोबार बुधबार टिक्न सकेन। राजनीतिक तनावका कारण लगानीकर्ता अत्तालिँदा बजार र कारोबार रकम दुवै घटेका छन्। बुधबार ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो, जुन मंगलबारको ४ अर्ब १० करोड रुपैयाँभन्दा उल्लेखनीय रूपमा कम हो। साढे १२ बजेसम्म नेप्से परिसूचक सकारात्मक रहे पनि त्यसपछि घाटातर्फ मोडियो। बारामा एमाले दलको कार्यक्रममा जेनजी पक्षले गरेको विरोधपछि उत्पन्न तनाव र कर्फ्यूले समग्र लगानी मनोविज्ञानमै असर पारेको विश्लेषण गरिएको छ।

दिनभरको उतार–चढावबीच बुधबार बजार बन्द हुँदा नेप्से ४.९८ अंकले घटेर २५६१ विन्दुमा झरेको छ।
समग्र परिसूचक घटे पनि होटल, उत्पादनमूलक, सामूहिक लगानी कोष र व्यापार समूह भने उकालो लागे। तिनमध्ये होटल समूह मात्र १ प्रतिशतभन्दा बढीले बढ्यो। यसदिन ३३८ लगानी उपकरण कारोबारमा आए। जसमध्ये १०४ को मूल्य बढ्यो, २२० को घट्यो र बाँकी स्थिर रहे।

हालै सूचीकरण भएका चार कम्पनी—

  • सागर डिष्टिलरी
  • बुंगल हाइड्रो
  • दरम खोला हाइड्रो
  • माबिलुङ हाइड्रो

—का सेयरहरू निरन्तर उकालो लाग्दै बुधबार पनि करिब १० प्रतिशत बढेर सर्किट ब्रेक लागेका छन्। त्यस्तै हिम स्टार उर्जा को सेयर मूल्य पनि सर्किटमा पुगेको छ। उता, कर्पोरेट डेभलपमेन्ट बैंक को सेयर सबैभन्दा धेरै ६ प्रतिशतले घट्यो। यसै दिन कम्पनीको सेयर १७४५ रुपैयाँ मा कारोबार भयो। सबैभन्दा धेरै रकमको कारोबार भने बरूण हाइड्रो को सेयरमा भयो। कम्पनीको २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। राजनीतिक अनिश्चितताले बजारमा बेचबिखनको दबाव बढेको र लगानीकर्तामा सतर्कता बढेको विश्लेषकहरू बताउँछन्।