काठमाडौँ — राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको पुष्टि भएको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार साइटमा अनधिकृत पहुँच भएको भए पनि डाटा सुरक्षित रहेको प्रारम्भिक बुझाइ छ।
“साइट ह्याक भएको छ, अहिले रिकभरी चलिरहेको छ,” काफ्लेले अनलाइनखबरसँग भने।
ह्याक भएपछि वेबसाइटमा केही समय दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचना देखिएको थियो। हाल भने वेबसाइट नै नखुल्ने अवस्थाबाट रिकभरी प्रक्रिया अघि बढाइएको छ।
कसले र कहाँबाट ह्याक गर्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ।
हालै मतदाता नामावली संकलन प्रक्रियामा राष्ट्रिय परिचयपत्रका विवरण जोडिएको थियो । तर विभागका कर्मचारीका अनुसार ह्याक भएको साइटमा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित संवेदनशील विवरण राखिएको नभएर सामान्य डकुमेन्ट मात्रै हुने भएकाले सार्वजनिक डाटामा कुनै जोखिम नरहेको दाबी गरिएको छ।









प्रतिक्रिया