१४१औँ जन्मजयन्ती: किरात महागुरु फाल्गुनन्दको योगदान सम्झदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा जन्मेका फाल्गुनन्दले किरात समाज, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा अमूल्य योगदान दिएका थिए। समाज सुधारका लागि उनले नीति निर्माणसमेत गरेका थिए, जसलाई सत्य धर्म मुचुल्का भनिन्छ र १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो।

फाल्गुनन्दको निधन २००५ सालमा भए पनि उनको योगदानलाई सम्झदै सरकारले २०६६ मङ्सिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। आजको कार्यक्रममार्फत् किरात समुदायले उनका विचार, संस्कृति र सामाजिक सुधारप्रतिको योगदानलाई स्मरण गर्दै सामाजिक चेतना र पहिचान संरक्षणमा जोड दिइरहेका छन्।