काठमाडौं — नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख ४६ हजार ४ सय रुपैयाँमा पुगेको छ।
अघिल्लो दिन अर्थात् सोमबार सुनको भाउ २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको दर तीव्र गतिमा बढ्दै जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।
यससँगै चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ३ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १७० रुपैयाँमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको दर उच्च बिन्दुतर्फ उक्लँदा, नेपाली बजारमा समेत मूल्य वृद्धि निरन्तर देखिएको हो।









प्रतिक्रिया