ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न जेन–जी मुभमेन्टको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — जेन–जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङको बर्खास्तीको माग गरेको छ। भारतको कम्पनी पीटीसी इण्डियासँग गरिएको विद्युत् खरिद–बिक्री सम्झौतामा ४३ करोड रुपैयाँ बराबरको नोक्सानी भएको दाबी गर्दै मुभमेन्टले प्रधानमन्त्रीलाई घिसिङलाई तत्काल पदमुक्त गर्न आग्रह गरेको हो। मुभमेन्टका प्रवक्ता विजय साहले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ —

“ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। प्राधिकरणका कार्यकारी निर्देशक **मनोज सिलवाललाई निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन सुरु गर्नुपर्छ।” मुभमेन्टले विद्युत नियमन आयोगलाई पनि स्वतन्त्र छानबिन समिति गठन गरी सबै विद्युत सम्झौताहरू सार्वजनिक गर्न आग्रह गरेको छ। यसबाहेक, मुभमेन्टले यसलाई “राष्ट्रघाती सम्झौता”को संज्ञा दिँदै संलग्न सबै व्यक्तिलाई कानुनी कारबाही गरी राज्यका सम्पत्तिहरू फिर्ता गराउने प्रक्रिया तत्काल सुरु गर्न सरकारसँग माग गरेको छ