काठमाडौं — नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। सोमबार प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।आइतबार सुनको कारोबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा भएको थियो। पछिल्ला पाँच दिनदेखि लगातार सुनको मूल्य उकालो लागिरहेको छ। कात्तिक १९ गते सुन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा रहेकोमा हालसम्म ४ हजार ३ सय रुपैयाँले वृद्धि भइसकेको छ।
यसअघि असोज ३१ गते सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर हो। यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार ३०१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ३०६५ रुपैयाँ पुगेको छ।
असोज ३१ गते चाँदीको मूल्य ३३५० रुपैयाँ प्रतितोला पुग्ने गरी उच्च रेकर्ड बनेको थियो।






प्रतिक्रिया