जेन–जी आन्दोलनको मौका पारेर फरार जाम्बियाकी कैदी पुनः पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — गत भदौ २४ गते जेन–जी आन्दोलनको मौका पारेर केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएकी जाम्बियाकी महिला कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध मुद्दामा थुनामा रहेकी ३५ वर्षीया अबिसार्ग कपुतुलालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरी पुनः केन्द्रीय कारागारमा पठाएको परिसरले जनाएको छ।

परिसरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार फरार कैदीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया पूरा गरी कारागारमा बुझाइएको हो।

भट्टराईले प्रहरीले फरार कैदीहरूको खोजीलाई अझ सशक्त बनाएको र कारागार सुरक्षामा देखिएका कमजोरी सुधार्न समन्वय भइरहेको जानकारी दिएका छन्।