काठमाडौं — आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०२ अंकले घट्दै २५६६.०९ बिन्दुमा झरेको छ। आज नेप्सेमा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेमा गिरावटसँगै पुँजीकरण १.१५ प्रतिशतले घटेको छ। आजको कारोबारमा २२२ कम्पनीका सेयर मूल्य घटे, जबकि २८ कम्पनीका सेयर बढे र १ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
आजको कारोबारमा दरमखोला हाइड्रोका सेयर बिक्रीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरे भने उन्नति सहकार्य लघुवित्तका सेयर बिक्रीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्।
नेप्से परिसूचक ओरालो लागेसँगै संपूर्ण समूहका उपसूचक पनि राताम्य बनेका छन्। विश्लेषकहरूले यो गिरावटलाई बजारमा लगानीकर्ताको मनोबल कमजोर हुनु र तरलताको चापसँग जोडेर व्याख्या गरेका छन्।







प्रतिक्रिया