काठमाडौं — गृहमन्त्री ओम प्रकाश अर्यालले गृह मन्त्रालयका कामबारे सबै कुरा सार्वजनिक गर्न नसकिने बताएका छन्। तर उनले शुद्धचित्त र जिम्मेवारीपूर्वक काम भइरहेको स्पष्ट पारेका छन्। जेन–जी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमाथि प्रश्न उठाइरहेका बेला, गृहमन्त्री अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा व्यक्त गरेका हुन्।
फेसबुकमा उनले लेखेका छन् —
“गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हाम्रो अर्को विकल्प छैन।”

गृहमन्त्री अर्यालले थप भनेका छन् कि सरकार सुशासनको बाटोमा हिँड्दै देशलाई निर्वाचनमार्फत् निकास दिने अभिभारा पूरा गर्न प्रतिबद्ध छ। उनका अनुसार, मन्त्रालयका कामहरू संवेदनशील प्रकृतिका हुने भएकाले सार्वजनिक पारदर्शिता र संस्थागत जिम्मेवारीबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती रहन्छ।







प्रतिक्रिया