हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक, ५ लाखसम्म नगद छुट जित्ने अवसर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यस्तै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसर समेत प्रदान गरिएको छ।

कम्पनीका अनुसार गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्सएक वर्षको निःशुल्क सडक कर सुविधा पनि पाउनेछन्।

हुन्डाईले आफ्ना गाडीमा ३ वर्षको वारेन्टी तथा ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। यी सुविधाले गाडी खरिददेखि स्वामित्वसम्म ग्राहकलाई थप सहजता र मूल्य प्रदान गर्ने कम्पनीको दाबी छ।

दशैं, तिहार तथा छठलाई लक्षित गरिएको ‘फेस्टिभ ड्राइभ २०८३’ योजना भदौ २३ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।