हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दिउँसो १२ बजेसम्म करिब २४ हजार श्रद्धालुले दर्शन गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर थापाका अनुसार दिउँसो १२ बजेसम्म २४ हजार जनाले पशुपतिनाथको दर्शन गरेका हुन्। पशुपति क्षेत्रका विभिन्न स्थानमा दुईदेखि तीन हजार महिला नाचगानमा सहभागी भइरहेका छन् भने मन्दिरका चारवटै ढोकातर्फ गरी करिब दुई हजारदेखि दुई हजार ५०० दर्शनार्थी लाइनमा रहेका छन्।
प्रहरीका अनुसार हालसम्म कुनै अप्रिय घटना वा दुर्घटना भएको छैन। दर्शन, सुरक्षा, स्वास्थ्य तथा हराएका व्यक्तिको खोजी र पुनर्मिलनका लागि आवश्यक व्यवस्थापन गरिएको छ।
प्रहरीले पशुपतिनाथ दर्शन गर्न आउने श्रद्धालुलाई आफन्त तथा साथमा रहेका सामानको सुरक्षा गर्न र कुनै समस्या परे नजिकैको प्रहरी हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, तीज पर्वलाई सभ्य, सुरक्षित र व्यवस्थित रूपमा मनाउन प्रहरीले अनुरोध गरेको छ।







प्रतिक्रिया