पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी तथा अन्य दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ४ जना, बागमती प्रदेशमा २ जना तथा मधेश, कोशी र गण्डकी प्रदेशमा एक–एक जनाको ज्यान गएको हो।
उक्त अवधिमा देशभर भएका विभिन्न दुर्घटनामा ६६ जना घाइते भएका छन्। घाइतेमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा २२ जना रहेका छन् भने मधेश प्रदेशमा २१ जना र काठमाडौं उपत्यकामा १२ जना घाइते भएका छन्।
यस्तै, काठमाडौं उपत्यकाबाहेक बागमती प्रदेशमा ८ जना घाइते भएका छन् भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक–एक जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना गर्न, तीव्र गति नियन्त्रण गर्न तथा सावधानीपूर्वक सवारी सञ्चालन गर्न सबैलाई आग्रह गरेको छ।









प्रतिक्रिया