काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजार ४५३ चालक कारबाहीमा, ११ लाख बढी राजस्व संकलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kathmandu Valley Traffic Police Office ले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको चेकिङका क्रममा २ हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ।

कारबाहीबाट कुल ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक Naresh Raj Subedi ले जानकारी दिएका छन्।

आज बिहानसम्म गरिएको चेकिङमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १०५ जना, राइड सेयरिङमा २३८, रातोबत्ती उल्लंघन गर्ने १८४, तीव्र गतिमा चलाउने १८६, लेनक्रसमा १४, फुटपाथ प्रयोगमा १००, हर्न निषेध उल्लंघनमा ११९, एकतर्फी सडकमा १३९ तथा अन्य विभिन्न कसुरमा १ हजार ३६८ जना चालक कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको स्मरण गराउँदै चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको आशंका लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।