त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
श्रीलंकाको कोलम्बोबाट श्रीलंकन एयरलाइन्स को उडानमार्फत सोमबार काठमाडौं आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रमा जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नेपाल का अनुसार बरामद लागूऔषधसहित ती व्यक्तिलाई थप अनुसन्धानका लागि नेपाल प्रहरी को जिम्मा लगाइएको छ।
प्रवक्ता विष्णुप्रसाद भट्टराई ले घटनाबारे पुष्टि गर्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।








प्रतिक्रिया