हास्य कलाकार सागर लम्साल ‘बले’ सम्बन्धी सामाजिक सञ्जालमा फैलिएका विभिन्न सूचनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं ले आधिकारिक धारणा सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार लम्सालमाथि हाल ‘अभद्र व्यवहार’ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। तर सामाजिक सञ्जाल तथा केही माध्यमबाट फैलाइएका धेरै जानकारी भ्रामक र अप्रमाणित रहेको स्पष्ट गरिएको छ।
प्रहरीले विभिन्न व्यक्ति तथा सञ्चारमाध्यमका नाममा सञ्चालित सामाजिक सञ्जाल खाताबाट आएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ। साथै अनुसन्धान जारी रहेको अवस्थामा अपुष्ट तथा हल्ला फैलाउने किसिमका सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ।
प्रहरीको भनाइअनुसार, मुद्दाको अनुसन्धान जारी रहेकाले आधिकारिक पुष्टि नभएसम्म बाहिर आएका धेरै दाबीहरू विश्वासयोग्य नहुने उल्लेख गरिएको छ।









प्रतिक्रिया