उपराष्ट्रपति रामसायप्रसाद यादव स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन्। सोमबार राति उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना भएका थिए।
चिकित्सकहरूका अनुसार उपराष्ट्रपतिलाई उच्च रक्तचाप भएको पाइएपछि उपचार सुरू गरिएको हो। हाल उनको स्वास्थ्य सामान्य अवस्थामा रहेको र आवश्यक चिकित्सकीय निगरानी र उपचार जारी रहेको जनाइएको छ।






प्रतिक्रिया