Ashok Raj Sigdel र अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख Joel B. Vowell बीच भेटवार्ता भएको छ।
आज Nepali Army को सैनिक मुख्यालय जङ्गीअड्डामा भएको भेटवार्तामा नेपाल–अमेरिकाबीचको द्विपक्षीय हितका विषयमा विचारविमर्श भएको जनाइएको छ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार नियमित भ्रमणका क्रममा भोवेल नेतृत्वको टोली India र Bhutan हुँदै आइतबार Nepal आएको हो।
भ्रमणका क्रममा उक्त टोलीले Birendra Peace Operations Training Centre को अवलोकन गर्ने कार्यक्रम रहेको छ।
टोली मङ्गलबार Thailand तर्फ प्रस्थान गर्ने बताइएको छ।
लेफ्टिनेन्ट जनरल भोवेलको यस भ्रमणले नेपाल–अमेरिका सम्बन्ध अझ प्रगाढ हुने, साथै मानवीय सहयोग, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहकार्य बढ्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया