रास्वपाको सचिवालय बैठक आज, समानुपातिक सांसद सिफारिसबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका सांसद सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक आज बस्न लागेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

बैठकमा समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा निर्णय गरिनुका साथै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउने विषयमा पार्टी विधान संशोधनलगायत विविध विषयमा पनि छलफल हुने बताइएको छ।

यसअघि शनिबार बस्ने तय भएको बैठक सभापति लामिछानेको निर्देशनमा आजका लागि सारिएको हो।